नेपालीलाई मृत्युदण्ड
नेपालीलाई मृत्युदण्ड
- तान्तुन्न समाचार>>>>>>> www.nepalqatar.com
नेक सम्वाददाता - 02/12/2006 दोहा, यहाँको एक अदालतले एक नेपाली सहित तिन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्य एक नेपालीलाई एक वर्षको जेल सजाय सुनाएको छ । एक ईण्डोनेसियन महिलालाई वेश्यावृत्तिमा लगाएको तथा हत्या गरेको आरोपमा सो सजाय सुनाईएको हो । प्राप्त विवरण अनुसार तिनै जना अभियुक्तको परिचित घरायसि कामदार ति ईण्डोनेसियन महिलासंग तिनीहरुको शारीरिक सम्बन्ध रहेको र पछि ति नै महिलालाई वेश्यावृत्तिमा लगाईएको थियो । चौथो अभियुक्त नेपाली, जो एक गोदाममा सुरक्षा गार्डमा कार्यरत थिए, उनीले वेश्यावृत्तिको लागि गोदाम प्रयोग गर्न दिएको पुष्टि भएको छ । घटनाक्रम अनुसार एक रात ति तिनै जनाले ति ईण्डोनेसियन महिलालाई सो गोदाममा वेश्यावृत्तिमा लगाउदा अत्याधिक रक्तश्राप हुन गरि गाडीमा राखि डाक्टरको खोजीमा हिंडेका थिए । गाडीमा अभियुक्त तथा महिलाको विच रकम बाँडफाँडको विषयमा मनमुताब हुँदा एक अभियुक्तले छुरा प्रहार गरि सो महिलाको हत्या गरेको प्रहरी वयानमा उल्लेख छ । अभियुक्तहरुले मृत् महिलाको लाशलाई पहिला एक गार्वेज विनमा फालेको र पछि फेरी त्यहाँबाट निकाली अल वाक्राको समुन्द्रटतमा गाडेका थिए । घटनाको केही हप्ता पछि अल वाक्रा विजमा खेल्दै गरेका एक वालकले सो लाश देखि प्रहरीलाई खवर गरिएको थियो । धेरै कुहिसकेको तथा क्षतविक्षत अवस्थामा भेटिएको लाशको सनाखत गर्न प्रहरीलाई धेरै गाह्रो भएको समाचारमा उल्लेख छ । कतारको कानून अनुसार अभियुक्तहरुले १५ दिन भित्र माथिल्लो अदालतमा अपिल गर्न पाउने छन् ।
No comments:
Post a Comment